काठमाडौं । संघीय संसद् अन्तर्गतका तीन संसदीय समितिको बैठक सोमबार(आज) बस्दै छ । कानुन न्याय तथा मानव अधिकार समिति, शिक्षा तथा स्वास्थ्य समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बोलाइएको छ ।
कानुन समितिको बैठक दिउँसो १ बजे समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा छलफलका लागि गृहमन्त्री, गृह मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक, कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई बोलाइएको छ ।
यसैगरी, शिक्षा तथा स्वास्थ्य समितिको बैठक पनि दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई बोलाइएको छ । यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको छ । बैठक राज्य, व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्नेछ ।