Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४६ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४६ लाख नाघ्यो

  • शुक्रवार, भाद्र १२ २०७७

  • 1.7K
    SHARES

  • विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४६ लाख नाघ्यो

    एजेन्सी । विश्वभर कोरोना भाइरसबाट २ करोड ४६ लाख ६१ हजार ९ सय ८५ जना संक्रमित भएका छन् भने ८ लाख ३६ हजार ३ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

    त्यस्तै, १ करोड ७१ लाख १७ हजार ८५० जना निको भएर घर फर्किएका छन् । भारतमा ३३ लाख ९२ हजार २९५ जनामा संक्रमण भएकोमा ६१ हजार ७२५ भन्दा धेरैको मृत्यु भएको छ ।

    विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या ६० लाख ४८ हजार ३१७ पुगेको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार ८०३ पुगेको छ ।

    अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा ३७ लाख ६४ हजार ४९३ संक्रमित भएकोमा १ लाख १८ हजार ७२६ जनाले ज्यान गुमाएका छन् ।


    शुक्रवार, भाद्र १२ २०७७०६:५५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij