Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपा पनि चुनावी तालमेल गर्न तयार, अध्यक्ष लिङ्देनलाई जिम्मा

राप्रपा पनि चुनावी तालमेल गर्न तयार, अध्यक्ष लिङ्देनलाई जिम्मा

  • सोमवार, श्रावण ३० २०७९

  • 1.0K
    SHARES

  • राप्रपा पनि चुनावी तालमेल गर्न तयार, अध्यक्ष लिङ्देनलाई जिम्मा

    काठमाडौं । राप्रपाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा चुनावी तालमेलको ढोका खोलेको छ ।

    सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विभिन्न राजनितिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। चुनावबाट राप्रपालाई आम जनतामा स्थापित गराउन पार्टीको सबै संयन्त्र परिचालन गर्ने पनि राप्रपाले निर्णय गरेको छ।

    केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा लगायतको उपस्थितिमा बसेको बैठकले निर्वाचन भयरहित र धाँधलीरहित ढंगबाट सम्पन्न हुने वातावरण बनाउन पनि सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ।

    यस्तै लिङ्देनकै अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति पनि गठन गरिएको छ । यस्तै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा आम मतदाता सामु प्रस्तुत गरिने घोषणापत्र तयारीका लागि प्राडा गीताभक्त जोशीको संयोजकत्वमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्राडा जयन्तनाथ खनाल र सह प्राध्यापक हेमराज कार्की रहेको समिति गठन गरिएको बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    सोमवार, श्रावण ३० २०७९०७:०५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij