Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रदेश सभा चुनावमा भाग नलिने रवि लामिछानेको  घोषणा

प्रदेश सभा चुनावमा भाग नलिने रवि लामिछानेको  घोषणा

  • बुधवार, भाद्र १ २०७९

  • 1.0K
    SHARES

  • प्रदेश सभा चुनावमा भाग नलिने रवि लामिछानेको  घोषणा
    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । अध्यक्ष रवि लामिछानेले बुधबार(आज) एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा भने सहभागी नहुने जानकारी गराउनुभएको छ ।
     
    निर्वाचन आयोगले ४ मंसिरमा एकै पटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारी गरिरहेको छ । प्रदेश सभाको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनु भएको लामिछानेको तर्क छ । तर, उहाँले आफूहरू व्यवस्था विरोधी नभएको जिकिर गर्नुभएको छ । ‘यही संरचनामा हामी प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनु बाहेक केही होइन,’ उहाँको तर्क छ, ‘हामी व्यवस्थाविरुद्ध छैनौं । मात्र प्रदेशसभाको चुनावमा सहभागी हुन चाहँदैनौं ।’
     
    प्रदेशसभा, प्रदेश प्रमुख र प्रदेश अन्तर्गतका सबै मन्त्रालय खारेजीको माग गर्नुभएका लामिछानेको पार्टीले मुख्यमन्त्री भने प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क गरेको छ । प्रदेश मुख्यमन्त्री र फरक लिंगको एक उपमुख्यमन्त्री हुने र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीहरूले नै जिल्ला प्रमुख नियुक्त गर्नु पर्ने उहाँको भनाइ छ ।
     
    मुख्यमन्त्रीले सोझै राष्ट्रपतिसँग शपथ लिने व्यवस्था हुनुपर्नेमा लामिछानेले जोड दिनुभएको छ । साथै उहाँले पालिका सभाका सदस्यबाट प्रदेश परिषद् गठन गर्ने धारणा राख्नुभएको छ । प्रदेश परिषद्मा पालिका प्रमुख र उपप्रमुख मात्रै रहने छन् । प्रदेश परिषद्ले नै प्रदेशसभाको काम गर्ने छ । प्रदेश परिषद्को बैठक वर्षमा २ पटक मात्रै बस्ने उहाँको प्रस्ताव छ ।

    हेर्नुहोस् रविको भिडियो संदेश:


    बुधवार, भाद्र १ २०७९०२:१५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij