Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक सुरु

बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक सुरु

  • बुधवार, भाद्र १ २०७९

  • 888
    SHARES

  • बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक सुरु
    काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक सुरु भएको छ । प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक सुरु भएको हो । 
     
    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरूबीच छलफल भइरहेको छ । बुधबार(आज) अपराह्न: ४ बजे बैठक बस्ने भनिए पनि ५ बजेदेखि मात्र छलफल सुरु भएको हो । यसअघि  तीन पटक बसेको कार्यदलको बैठक औपचारिकतामै सीमित भएको थियो । 
     
    यद्यपि ०७४ को आम निर्वाचन र गत स्थानीय निर्वाचनको परिणाम तथा नेताहरूको व्यक्तित्वलाई मध्यनजर गरी सिट बाँडफाँटको मापदण्ड बनाउने विषयमा कार्यदलमा एकमत छ । तर संख्यात्मक हिसाबले सिट बाँडफाँट हुन सकेको छैन । 
     
    आजको बैठकमा ठोस छलफल गर्ने कार्यदलको तयारी छ । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले बैठकपछि गठबन्धनका शीर्ष नेतासँग छलफल गर्ने जनाइएको छ ।


    बुधवार, भाद्र १ २०७९०५:२०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij