Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको उम्मेदवार बन्न यी मापदण्ड पुरा गर्नुपर्ने 

एकीकृत समाजवादीको उम्मेदवार बन्न यी मापदण्ड पुरा गर्नुपर्ने 

  • बिहिवार, भाद्र २ २०७९

  • 1.2K
    SHARES

  • एकीकृत समाजवादीको उम्मेदवार बन्न यी मापदण्ड पुरा गर्नुपर्ने 
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको ८ वटा मापदण्ड तोकेको छ ।
     
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको पैतिसौं बैठकले यस्तो निर्णय गरेको हो । बुधबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रसँग एकताका लागि एउटा पार्टी एकता संयोजन समिति गठन गर्ने, जसले दुई पार्टीबिचको एकता र सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको एकताका सम्बन्धमा छलफल, बहसलगायतका कार्यहरू गरी एकताको वातावरण निर्माण गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो । 
     
    आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट उठाइने प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको सिफारिस एवं छनोट गर्दा पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको  र  विद्रोहमा सक्रिय भूमिका खेलेका तथा पार्टी निर्माणमा योगदान गरेकोलाई दिने मापदण्ड निर्माण गरेको छ ।
     
    त्यस्तै पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको र जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने मापदण्डमा उल्लेख छ । 
     
    त्यसैगरी  स्वच्छ छवि भएको र सुशासनको पक्षपाती,  कार्यक्षमता राम्रो भएको, सक्रिय र समावेशिताको सिद्धान्त विपरीत नहुनेगरी उम्मेदवार छनोट गरिने महासचिव भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
     
    यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने समय तालिकासमेत निर्माण गरेको छ । तालिका अनुसार  प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले २०७९ भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्नुपर्ने उल्लेख छ ।
     
    जिल्ला कमिटीले २०७९ भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्ने बैठकको निर्णयमा उल्लेख छ ।  त्यस्तै प्रदेश कमिटीले २०७९ भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गरिसक्ने र केन्द्रीय कमिटीले २०७९ भदौ २० गतेभित्र निर्णय गरिसक्नुपर्ने छ ।
     
    एकीकृत समाजवादीले बनाएको मापदण्ड यस्तो छ :
     
    १. पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको ।
    २. विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको ।
    ३. पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ ।
    ४. आर्थिक एवं नैतिक आचरण राम्रो रहेको ।
    ५. जनतामा स्थापित र लोकप्रिय ।
    ६. स्वच्छ छवि भएको र सुशासनको पक्षपाती ।
    ७. कार्यक्षमता राम्रो भएको र सक्रिय ।
    ८. समावेशिताको सिद्धान्त विपरीत नहुने ।
     


    बिहिवार, भाद्र २ २०७९०४:२६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij