काठमाडौं। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईलाई ‘अनुशासनहीन र अराजक तत्व’को संज्ञा दिनुएको छ ।
पार्टीको काठमाडौंमा जारी राजनीतिक समितिको बैठकमा प्रस्तुत प्रस्तावमा अध्यक्ष यादवले भट्टराई समूहको गतिविधिले पार्टी जीवन नै ठप्प हुन पुगेको टिप्पणी गर्नुभएको हो ।
‘स्थानीय निर्वाचनभन्दा केही समय अगाडिदेखि पार्टीभित्र डा.बाबुराम र उहाँ निकट गुटद्वारा सञ्चालित अस्वस्थ गतिविधिले पार्टीलाई चलायमान बनाउन गम्भीर समस्या उत्पन्न ग¥यो,’उहाँले लेख्नुभएको छ, प्रदेश तथा जिल्लाहरूमा पार्टी जीवन नै ठप्प हुन पुग्यो ।’
अध्यक्ष यादवले पार्टी केन्द्रीय समितिको वीरगञ्ज बैठकपछि पार्टीभित्रका ‘अनुशासनहीन र अराजक तत्व’लाई कारबाही गरेपछि पार्टीलाई गतिशील र सक्रियताका साथ अगाडि बढाउने काम सुरु भएको दस्तावेजमा उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘पार्टी एकीकरण र ध्रुवीकरणको क्रमसँगै पार्टीको घोषणापत्र र विधानमा सहमति जनाएर एकतावद्ध भएका केही नेता कार्यकर्ताहरूले विभिन्न बहानामा यसलाई कार्यान्वयन गर्न अस्वीकार गरे ।’
अध्यक्ष यादवले पार्टीमा एक व्यक्ति एक पदको अवधारणालाई दृढतापूर्वक लागु गरेर जानुपर्नेमा जोड दिनुभएको छ ।
पार्टीभित्र विधानको कार्यान्वयन नगर्ने स्वेच्छाचारिताको अवस्था रहेको उल्लेख गर्दै उहाँले भन्न्ुभएको छ , ‘पुराना एकात्मक ढाँचाको पार्टीको सिको गरेर होस् वा संक्रमणकालको बहानामा होस्, विधान मिच्छौं भने त्यो विधिको शासनको विपरीत मात्र होइन, स्वेच्छाचारिता पनि हो ।’