Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

प्रदीप गिरिको स्वास्थ्यलाभको कामना गर्न अपिल

प्रदीप गिरिको स्वास्थ्यलाभको कामना गर्न अपिल

  • शनिवार, भाद्र ४ २०७९

  • 705
    SHARES

  • प्रदीप गिरिको स्वास्थ्यलाभको कामना गर्न अपिल

    काठमाडौं । ललितपुरको नख्खुमा उपचाररत सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बनेको छ । गिरिकी पत्नी भारती सिलवाल गिरिले शनिबार वक्तव्य जारी गर्दै उहाँको स्वास्थ्य लाभको प्रार्थना गर्न समेत अपिल गर्नुभएको छ ।

    भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरि झण्डै एक महिनाअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको हो । क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर अस्पताल भर्ना भएको भारतीले जानकारी दिनुभएको छ ।

    अहिले निमोनिया बढेको भन्दै वत्तव्यमा भनिएको छ, ‘यसले धेरै अंगहरु फेल भइरहेका छन् ।’ यद्यपि अहिले पनि डाक्टरहरुको टिम उपचारमा जुटिरहेको भन्दै उहाँले धन्यवाद दिनुभएको छ । गिरिको स्वास्थ्यलाभको कामना गर्न पनि समर्थकहरुलाई आग्रह गरिएको छ ।

    हेर्नुस् प्रदीप गिरिकी पत्नी भारतीले जारी गरेको विज्ञप्ति

    Pradeep-giri (1).jpg


    शनिवार, भाद्र ४ २०७९०३:४३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij