Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

महाधिवेशनको ८ महिनापछि माओवादीले टुंग्यायो २१ सदस्यीय पदाधिकारी

महाधिवेशनको ८ महिनापछि माओवादीले टुंग्यायो २१ सदस्यीय पदाधिकारी

  • शनिवार, भाद्र ४ २०७९

  • 654
    SHARES

  • महाधिवेशनको ८ महिनापछि माओवादीले टुंग्यायो २१ सदस्यीय पदाधिकारी
    काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिबार(आज) २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ ।
     
    पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत पारित भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो । २१ सदस्यीय पदाधिकारीमा महिला एक जना मात्रै पर्नुभएको छ ।
     
    महासचिवमा देव गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन् ।
     
    यस्तै उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहेका छन् ।
     
    सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम पारित भएको छ । यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको छ ।
     
    विशेष महाधिवेशनसम्मका लागि मात्रै पदाधिकारीलाई पूर्णता दिइएको उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो । तर विशेष महाधिवेशन कहिले गर्ने भन्नेबारे यकिन नभएको उहाँको भनाइ छ । महाधिवेशन सकिएपछिको पहिलो केन्द्रीय कमिटीको अपुरो बैठकबाट प्रचण्ड अध्यक्षमा चयन हुनुभएको थियो ।
     
    महासचिवका दाबेदार रहेका जनार्दन शर्माले भने पदाधिकारी चयनप्रति असन्तुष्टि जनाउनुभएको छ । माओवादीका एक नेताका अनुसार नेता शर्माले आफू यो प्रक्रियामा असहमत रहेको बताउनुभएको छ ।
     
    तर शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको नाममा कसैको असहमति भए पनि निर्णय मानेर जाने समझदारी बनेको थियो ।
     


    शनिवार, भाद्र ४ २०७९०५:५०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij