Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादीले भदौ ८ देखि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने

माओवादीले भदौ ८ देखि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने

  • शनिवार, भाद्र ४ २०७९

  • 665
    SHARES

  • माओवादीले भदौ ८  देखि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने
    काठमाडौं । नेकपा माओवादी केन्द्रले भदौ ८ गतेदेखि प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ ।
     
    शनिबार(आज) बसेको माओवादीको स्थायी समितिको बैठकले ८ गते मधेश प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
     
    उहाँका अनुसार ९ भदौमा गण्डकी प्रदेशमा, १० गते प्रदेश १ मा, ११ गते लुम्बिनी प्रदेशमा, १२ गते बागमतीमा प्रशिक्षण कार्यक्रम हुनेछ । त्यसपछि १३ गते विशेष प्रदेश समितिको, १५ गते सम्पर्क समन्वय समितिको, १६ गते कर्णाली प्रदेशको र १७ गते सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय छ ।
     
    माओवादी केन्द्रले सत्तारुढ गठबन्धनले सिट बाँडफाँटमा मोटामोटी सहमति जुटाएपछि मात्र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तय गरेको थियो । ७ भदौसम्म गठबन्धनको बैठक भएकाले त्यसपछि प्रशिक्षण तय गरेको उपाध्यक्ष महराले बताउनुभयो ।


    शनिवार, भाद्र ४ २०७९०७:०१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij