Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरिनुपर्छ : शर्मा

दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरिनुपर्छ : शर्मा

  • शनिवार, भाद्र ४ २०७९

  • 826
    SHARES

  • दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरिनुपर्छ : शर्मा

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।

    महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राख्नुभएको हो ।


    शनिबार काठमाडौंमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरबार बाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटक–पटक दिन नहुने तर्क गर्नुभयो । उहाँले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने समेत बताउनुभयो । दलहरुले आ–आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एक अर्काप्रति दुस्मनी साध्ने गरी अभिव्यक्ति दिन भने नहुने महामन्त्री शर्माले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘एकपटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चार पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्यो । राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरबार बाटै हुनुपर्छ । मैले त भन्ने गरेको छु–राजनीतिलाई दुश्मनीको रुपमा पनि लिनुहुन्न ।’

    महामन्त्री शर्माले युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको र त्यसका लागि मुलुकमा काम भइरहेको दावी समेत गर्नुभयो । उहाँले जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्कता पनि औंल्याउनुभयो ।


    शनिवार, भाद्र ४ २०७९०७:०७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij