Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१२ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१२ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

  • आइतवार, भाद्र ५ २०७९

  • 840
    SHARES

  • १२ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
    काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भदौ ७ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । 
     
    मंगलबार पर्सी बिक्री हुने ट्रेजरी बिलको भदौ ६ गते सोमबार भोलि दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था बिल खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार २८ दिनका लागि २ अर्ब रुपैयाँ छुट्टाइएको छ भने ९१ दिनका लागि १ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्टाइएको छ । 
     
    यसअघि साउन ३० गते बैंकले तीन किसिममा कूल १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । तर, बजारमा बढ्दो ब्याजदरलाई नियन्त्रणमा राख्न भन्दै राष्ट्र बैंकले केही ट्रेजरीको नवीकरण गरेर बाँकी आफैले खरिद गरेको थियो ।
     


    आइतवार, भाद्र ५ २०७९०५:२७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij