Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप २८६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४७९ जना निको 

थप २८६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४७९ जना निको 

  • आइतवार, भाद्र ५ २०७९

  • 519
    SHARES

  • थप २८६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४७९ जना निको 

    काठमाडौं । देशभर थप २८६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४२३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २०२ तथा एन्टीजेन विधिबाट ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप ४७९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ४ हजार ३४८ पुगेको छ । यही अवधिमा थप सङ्क्रमितको मृत्यु भने नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९९२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ३४३ जनाले मात्र कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । 


    आइतवार, भाद्र ५ २०७९०५:५७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij