Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँट गर्ने तयारी

गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँट गर्ने तयारी

  • सोमवार, भाद्र ६ २०७९

  • 707
    SHARES

  • गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँट गर्ने तयारी
    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार(आज) दिउँसो ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । 
     
    जस कारण आज गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।  ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरूबीच सहमति जुट्न सकेको छैन । 
     


    सोमवार, भाद्र ६ २०७९०२:२२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij