Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर ६५८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

देशभर ६५८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

  • सोमवार, भाद्र ६ २०७९

  • 523
    SHARES

  • देशभर ६५८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र ३ हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । त्यस्तै ४५६ जना संक्रमणमुक्त भएका छन् । 
     
    हाल देशभर ४ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
     


    सोमवार, भाद्र ६ २०७९०३:५१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij