Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इमरान खानलाई पक्राउ नगर्न आदेश

इमरान खानलाई पक्राउ नगर्न आदेश

  • बिहिवार, भाद्र ९ २०७९

  • 704
    SHARES

  • इमरान खानलाई पक्राउ नगर्न आदेश

    काठमाडौं । पाकिस्तानको एउटा अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका प्रमुख इमरान खानलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको छ ।

    इस्लामाबादस्थित प्रतिआतंकवाद अदालत (एटीसी)ले खानलाई सेप्टेम्बर १ सम्मका जमानत दिएको हो ।

    खानविरुद्ध गत हप्ता राजधानीमा आयोजित एक र्‍यालीमा महिला न्यायाधीशविरुद्ध विवादास्पद टिप्पणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। न्यायाधीश राजा जवाद अब्बास हसनको इजलासले १ लाख धरौटीमा जमानत दिएको हो।

    अन्तर्राष्ट्रिय मिडियाका अनुसार खानले शनिबार इस्लामाबादमा एक भाषणको क्रममा प्रहरी प्रमुख र एक महिला मजिस्ट्रेट विरुद्ध कारबाही गर्ने भनेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

    खानलाई पक्राउ पर्न सक्ने आशंकामा समर्थकहरू शनिबार राति नै उनको घरबाहिर भेला भएका थिए । यदि उनलाई पक्राउ गरेमा राजधानी कब्जा गर्ने उनीहरूले चेतावनी दिएका थिए ।

    साथै खान पक्राउ परेमा प्रधानमन्त्री शाहबाज शरीफले त्यसको परिणाम भोग्नुपर्ने भन्दै उनीहरूले चेतावनी दिएका थिए ।


    बिहिवार, भाद्र ९ २०७९०६:२९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij