Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

साफ यू–१७ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली घोषणा

साफ यू–१७ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली घोषणा

  • आइतवार, भाद्र १२ २०७९

  • 457
    SHARES

  • साफ यू–१७ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली घोषणा

    काठमाडौं– श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबलका लागि नेपालले २४ सदस्सीय टोलीको घोषणा गरेको छ।

    आइतबार यू–१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घोषणा गरेका हुन्। नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेलमा भुटानको सामना गर्नेछ।

    प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा भारत र भुटान रहेका छन्। नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ। यस्तै, दोस्रो खेल भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ।

    समूह ‘ए’मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

    फाइनल खेल सेप्टेम्बर १४ मा हुनेछ।


    आइतवार, भाद्र १२ २०७९०७:२१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij