काठमाडौं । अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार सिफारिस हुनुभएको छ ।
उहाँ मंगलबार बिहानैदेखि गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय रुपमा लाग्नुभएको छ ।
राप्रपाले उहाँको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको छ । रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । क्षेत्र नम्बर ६ मा पनि उहाँ उम्मेदवार बन्ने चर्चा छ ।
यद्यपि थापा उम्मेदवार बन्ने निर्वाचन क्षेत्रको टुंगो लागिसकेको छैन । नेकपा एमालेसँग तालमेल भए मात्रै रेखा थापा उम्मेदवार बन्ने उहाँ निकटहरु बताउँछन् ।