Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एक्सनमा महानगर : अवैध संरचना भत्काउँदै, कतै समर्थन त कतै विरोध

एक्सनमा महानगर : अवैध संरचना भत्काउँदै, कतै समर्थन त कतै विरोध

  • मंगलवार, भाद्र १४ २०७९

  • 905
    SHARES

  • एक्सनमा महानगर : अवैध संरचना भत्काउँदै, कतै समर्थन त कतै विरोध
    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले केही दिनअघि नगर क्षेत्रभित्रका अवैध संरचना भत्काउने अभियान सुरु गर्नुभएको छ । उहाँले नक्सा पास बिना नै बनाइएका संरचना भत्काउन थाल्नुभएको हो । 
     
    एक्सनमा उत्रिएका बालेनले सुरुमा बानेश्वरको पार्किङ क्षेत्रलाई व्यवस्थापन गर्दै अब यो अभियान सबैतिर पुग्ने बताउनुभएको थियो । उहाँले पार्किङका लागि बनाइएका संरचना पार्किङकै लागि प्रयोग गरिदिन आग्रह गर्नुभएको थियो । 
     
    अन्डरग्राउण्ड पार्किङलाई अरू प्रयोजनमा नलगाउन महानगरले ३५ दिने सूचना जारी गरेको थियो । महानगरले जारी गरेको सूचनालाई अटेर गरेपछि महानगर आफै एक्सनमा उत्रिएको हो । यही भदौ ६ गतेदेखि महानगरले भवनको नक्सा पास भए अनुसार प्रयोग नभएका अवैध संरचना भत्काउन सुरु गरेको थियो । 
     
    यस्तै काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सब वे सहितका अवैध संरचना भत्काउन सुरु गरेको हो । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) कै अग्रसरता र नेतृत्वमा काठमाडौं महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ । अनुमति नलिई नक्सा पास विपरीत बनाइएका संरचना भत्काउन महानगरको टोली डोजरसहित तयारी अवस्थामा राखिएको छ ।
     
    केही दिनसम्म मेयर बालेन स्वयम आफै उपस्थित भएर कार्यस्थलमा उत्रिनुभएको थियो । अहिले नगर प्रहरीले यो अभियानलाई निरन्तरता दिइरहेको छ । 
     
    मेयर बालेनले सुरु गरेको यो अभियानमा मिश्रित धारणा आइरहेका छन् । कतिपयले यो कार्य प्रशंसनीय रहेको भन्दै प्रशंसा गरेका छन् भने कतिपयले विरोध जनाएका छन् ।  
     
    यस्तै काठमाडौंका व्यापारीहरूको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन (बालेन्द्र) साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ ।
     
    महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरू मर्कामा परेको भन्दै संघले गम्भीर आपत्ति जनाएको हो ।
     
    यता काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले बालेनको यो कार्य सही भएको भन्दै यसमा आफ्नो पूर्ण समर्थन रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत बताउनुभएको थियो । 
     
    केही व्यवसायीहरूले विरोध जनाइए पनि विरोधको स्वर निकै न्यून छ । पछिल्लो समय काठमाडौं महानगरपालिकाले पार्किङ तथा फुटपाथ मिचेर बनाइएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ ।
     


    मंगलवार, भाद्र १४ २०७९०३:५८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij