Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालद्धारा केन्यालाई १७६ रनको लक्ष्य

नेपालद्धारा केन्यालाई १७६ रनको लक्ष्य

  • मंगलवार, भाद्र १४ २०७९

  • 575
    SHARES

  • नेपालद्धारा केन्यालाई १७६ रनको लक्ष्य

    काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।

    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो ।

    नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

    ज्ञानेन्द्रको यो टी–ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो ।

    यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए ।

    आदिल आलमले ७ बलमा ४ रन तथा पवन सरार्फले २ बलमा १ रन बनाए । विवेक यादबले २ बलमा २ रन बनाए तथा करण केसीले २ बलमा २ रनका साथ अविजित रहे ।

    केन्याका शेम एन्गोचे, भिराज पटेल र निहिमिह्या ओढियाम्हो २र२ विकेट लिए । लुकास ओलुओचले १ विकेट लिए ।

    पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। ४ खेल सकिदा सिरिज २(२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ ।

    आज नेपाल सिरिज कब्जा गर्ने योजनासहित मैदान उत्रिएको छ । घरेलु टोली पनि नेपाललाई हराएर सिरिज घरमै राख्ने योजनामा छ ।

    टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

    पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।


    मंगलवार, भाद्र १४ २०७९०५:३५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij