Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरलाई फनपार्कले बुझायो मनोरन्जन कर

काठमाडौं महानगरलाई फनपार्कले बुझायो मनोरन्जन कर

  • बिहिवार, भाद्र १६ २०७९

  • 692
    SHARES

  • काठमाडौं महानगरलाई फनपार्कले बुझायो मनोरन्जन कर

    काठमाडौं । भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले काठमाडौं महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि आज फनपार्कले कर तिरेको हो ।

    फनपार्कले मनोरन्जन करमात्र महानगरलाई बुझाएको छ । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन करबापत महानगरलाई बुझाइएको छ । बहाल कर समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता भएको छ । फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ। व्यवसाय कर भने वडामा बुझाउनु पर्ने नियम छ।

    समाज कल्याण परिषदले ६० रोपनी जग्गा फनपार्कलाई भाडामा बुझाए पनि फनपार्कले विगत ७ वर्षदेखि कर तिरेको थिएन । हिजो महानगरले २४ घन्टाभित्र कर बुझाउन अल्टिमेटम दिएपछि फनपार्कले कर तिर्न थालेको छ ।

    अल्टिमेटमअनुसार आज फनपार्कले मनोरञ्जन कर मात्र बुझाएको छ ।


    बिहिवार, भाद्र १६ २०७९०७:०३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij