Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

भारतले आजदेखि विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँदै

भारतले आजदेखि विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँदै

  • शुक्रवार, भाद्र १७ २०७९

  • 908
    SHARES

  • भारतले आजदेखि विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँदै
    काठमाडौं । भारतले शुक्रबार(आज) देखि आफैंले निर्माण गरेको विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउने भएको छ ।
     
    आइएनएस विक्रान्त नाम दिइएको विमानवाहकको प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोचीमा शुभारम्भ गर्ने कार्यक्रम भएको जनाइएको छ । उनले भारतीय नौसेनालाई विमानबाहक हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।
     
    २० हजार करोड भारु खर्च गरेर बनाइएको सोही विमानबाहक युद्धपोत भारतीय नौसेनाको इतिहासको सबै भन्दा ठुलो र शक्तिशाली भएको बताइएको छ । विश्वका शक्तिशाली विमानबाहकको टप टेन सूचीभित्र पर्ने छ ।
     
    यो विमानबाहकबाट फाइटर जेट, मिसाइल र ड्रोनहरूले उडान भर्न सक्ने छन् । यसको सञ्चालनबाट भारतीय उपमहाद्वीपमा शान्ति र स्थिरताका लागि ठुलो योगदान पुर्‍याउने भारतीय नौसेनाको विश्वास रहेको छ ।


    शुक्रवार, भाद्र १७ २०७९१०:२०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij