Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

स्थानीय सरकारलाई बलियो बनाउनुपर्छः राज्यमन्त्री श्रेष्ठ

स्थानीय सरकारलाई बलियो बनाउनुपर्छः राज्यमन्त्री श्रेष्ठ

  • सोमवार, भाद्र २० २०७९

  • 399
    SHARES

  • स्थानीय सरकारलाई बलियो बनाउनुपर्छः राज्यमन्त्री श्रेष्ठ

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । स्थानीय सरकारलाई जति अधिकार दियो देशको प्रगति उति नै हुने उहाँँले बताउनुभयो ।

    राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले आज हेटौँडामा आयोजनामा गरेको ‘संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उहाँले भन्नुभयो, ‘जति स्थानीय सरकारलाई अधिकार दियो त्यति प्रगति हुन्छ भन्ने मूल्य र मान्यता, यसको विश्वास सरकारले लिएको छ । बिस्तारै बिस्तारै स्थानीय सरकारलाई अधिकार नदिइकन, जुनजुन अधिकार छ संविधानमा तोकिएको त्यो अधिकार स्थानीय सरकारलाई दिनैपर्छ ।’

    उहाँले सातै प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुलाई जनताको जनअपेक्षा अनुसार काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    प्रदेश र स्थानीय सरकारले रोजगारमुलक र व्यवसायमुलक शिक्षाका साथै उत्पादनमुलक उद्योगहरुको प्रवर्द्धन हुने गरी ऐन, नियम तथा कानूनहरु बनाउनुपर्ने पनि उहाँले बताउनुभयो ।


    सोमवार, भाद्र २० २०७९०१:१६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij