Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

  • शुक्रवार, कार्तिक २१ २०८३

  • 48
    SHARES

  • यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

    काठमाण्डौ । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ । विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा धनतेरस मनाइन्छ । पछिल्ला केही वर्षयता काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा पनि धनतेरस मनाउने चलन शुरु भएको छ । धनतेरसमा बेलुकी घरघरमा दीपमालिका गरी धातुका नयाँ भाँडाकुँडा तथा गरगहना किनेर पूजा गर्ने परम्परा छ ।

    आज धनतेरससँगै यमदीपदान गरिन्छ । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ । पर्सि २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ । यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम छ ।


    शुक्रवार, कार्तिक २१ २०८३०७:०२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij