काठमाण्डौ । सामान्य इनर्जी ड्रिङ्क किन्दैमा मोटरसाइकल वा स्कुटर जित्न पाइन्छ भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ! तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितिसकेका छन्।
दशैंको उत्साहसँगै सुरु भएको यो अभियानमा सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन्।
त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन्। पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेतामध्ये जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेत भने यामाहा रे जेडआर स्कुटरका विजेता बनेका छन्।
अभियानअन्तर्गत कुल १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल र १८ वटा यामाहा रे जेडआर स्कुटर वितरण गरिनेछ। यसका अतिरिक्त एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कारसमेत जित्नेछन्। अर्थात्, कुल ३७ वटा सवारीसाधन पुरस्कारमा राखिएका छन्। हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् भने बाँकी २८ वटा सवारीसाधनका विजेता घोषणा हुन बाँकी छ।
अब सबैको चासो एउटै छ—म्याक्स टाइगरको बम्पर पुरस्कार प्रोटोन कार आखिर कसको भाग्यमा पर्ला? म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ ले उपभोक्तामाझ उत्साह थपिरहेको छ। थप विजेताको घोषणा हुँदै जाँदा यो अभियान अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।