Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मन्त्रीलाई लाइनमा बस्नु भन्दा पक्राउ परेका सुरक्षा गार्डलाई रवि लामिछानेले भेटेरै दिए धन्यवाद

मन्त्रीलाई लाइनमा बस्नु भन्दा पक्राउ परेका सुरक्षा गार्डलाई रवि लामिछानेले भेटेरै दिए धन्यवाद

  • सोमवार, भाद्र २० २०७९

  • 567
    SHARES

  • मन्त्रीलाई लाइनमा बस्नु भन्दा पक्राउ परेका सुरक्षा गार्डलाई रवि लामिछानेले भेटेरै दिए धन्यवाद

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा पक्राउ परेका सुरक्षा गार्डलाई भेट्नुभएको छ ।

    आज प्रहरी वृत्त दरबारमार्ग पुगेर लामिछानेले मन्त्री श्रेष्ठलाई लाइनमा बस्नु भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरूङसँग भेटेर कुराकानी गर्नुभएको हो । गत शुक्रबार काठमाडौंको ठमेलस्थित छाया सेन्टरको भिएसएफमा मन्त्री श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्ड गुरूङलाई पक्राउ गरेको हो।

    लामिछानेले प्रहरी वृत्त दरबारमार्ग पुगेर गुरूङलाई धन्यवाद दिनुभएको छ । ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु, कानून सबैलाई बराबर हुन्छ,’ उहाँले भन्नुभयो ।

    शेरजंगले आफ्नो आवाज ठूलो भएको हुनसक्ने तर दुर्व्यवहार भने नगरेको बताउनुभएको छ । ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो,’ गुरूङको भनाई उदृत गर्दै लामिछानेले लेख्नुभएको छ ।

    यसमा सत्यता भए उहाँलाई रिहा गर्नुपर्ने लामिछानेले बताउनुभएको छ । ‘यदी उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्,’ उहाँले भन्नुभएको छ।

    गुरूङमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको छ। उनलाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति दिएको छ।


    सोमवार, भाद्र २० २०७९०१:५३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij