Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

केन्याविरुद्ध नेपालको क्लिन स्विप

केन्याविरुद्ध नेपालको क्लिन स्विप

  • सोमवार, भाद्र २० २०७९

  • 558
    SHARES

  • केन्याविरुद्ध नेपालको क्लिन स्विप

    काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ ।

    सोमबार (आज) भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३-० ले जितेको हो । यस सँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ । नेपालले यस अघि पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए ।

    वसिर ५२ रनमा अविजित रहे । यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए ।

    केन्याका भिराज पटेलले २ तथा शेम एनगोचेयाश तालातीले १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो ।  

    केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए ।

    कप्तान शेम एनगोचे १७ रनमा आउट भए । नेपालका सोमपाल कामी र आदील अन्सारीले २र२ विकेट लिए । वसिर अहमद र शाहब आलमले १र१ विकेट लिए ।

    सिरिज अन्तर्गत कै पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।


    सोमवार, भाद्र २० २०७९०७:३४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij