Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पाकिस्तानमा मारिए पाँच सैनिक, ४ आतंककारी पनि मारिए

पाकिस्तानमा मारिए पाँच सैनिक, ४ आतंककारी पनि मारिए

  • मंगलवार, भाद्र २१ २०७९

  • 697
    SHARES

  • पाकिस्तानमा मारिए पाँच सैनिक, ४ आतंककारी पनि मारिए

    काठमाडौं । उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतंकवादीहरूसँग सोमबार भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ।

    गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएको इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर)ले जनाएको छ।

    उक्त स्थानबाट हातहतियार पनि बरामद भएको छ। मारिएका आतङ्ककारी सुरक्षा बल र निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न थिए। खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन्।

    पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक्षा व्यवस्था सुदृढ बनाएका छन्। यसअघि गत साउन ३० गते सुरक्षा बलले उत्तरी वजिरिस्तान जिल्लाको मीरअली क्षेत्रमा गरेको कारबाहीका क्रममा एक जना आतंकवादीलाई मारेको थियो।

    त्यसअघि सोही इलाकामा आतङ्ककारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक जना सैनिक जवानको मृत्यु भएको थियो।


    मंगलवार, भाद्र २१ २०७९०१:५९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij