Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

योगेशलाई बेला–बेला सम्झिन्छिन् रामकुमारी, आजै यस्तो स्ट्याटस

योगेशलाई बेला–बेला सम्झिन्छिन् रामकुमारी, आजै यस्तो स्ट्याटस

  • मंगलवार, भाद्र २१ २०७९

  • 805
    SHARES

  • योगेशलाई बेला–बेला सम्झिन्छिन् रामकुमारी, आजै यस्तो स्ट्याटस

    काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराई र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीको दोस्ती लामो र गहिरो छ । योगेशलाई रामकुमारी अविभावक मान्छिन् ।

    बुधबार योगेशलाई जन्म दिनको शुभकामना दिने क्रममा पनि रामकुमारीले त्यो प्रकट गरेकी छिन् । सामाजिक सञ्जालमार्फत जन्म दिनको शुभकामना दिंदै उनले महत्वपूर्ण निर्णय गर्दा योगेशको अभाव महसुश गर्ने गरेको उल्लेख गरेकी छिन् । ‘आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ,’ उनले लेखेकी छिन् ।

    २०५४ मा एमाले विभाजित भएर नेकपा (माले) बन्दा योगशसँगै रामकुमारी मालेतिर लागेकी थिइन् । २०६५ मा भएको अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा उनले गोकुल घर्तीलाई पराजित गरेकी थिइन्, जसमा योगेशहरूको महत्वपूर्ण सहयोग थियो ।

    तत्कालीन नेकपा कालको संघर्षमा रामकुमारी योगशहरूसँगै प्रचण्ड–माधव खेमामा उभिएकी थिइन्। अन्तिम समयसम्म नेपाललाई साथ दिएका सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराईलगायतका १० नेताहरू एमाले विभाजनमा भने सहमत भएनन् ।

    झाँक्रीले भने नेपाललाई साथ दिइन् । झाँक्री लगायतका तेस्रो पुस्ताका युवाको बलियो आडभरोसाकै कारणले माधव नेपालले एमाले विभाजन गर्ने साहस गरेका थिए ।

    आफू निरन्तर संवादमा रहने र सल्लाह सुझावसमेत लिने भूसाल र भट्टराई लगायतका नेताहरू एमालेमै बस्दा पनि झाँक्रीले एकीकृत समाजवादी रोज्नुलाई कतिपयले बाध्यताको संज्ञा समेत दिन्छन् ।

     


    मंगलवार, भाद्र २१ २०७९०२:४६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij