Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता, के के भयो कुराकानी ?

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता, के के भयो कुराकानी ?

  • मंगलवार, भाद्र २१ २०७९

  • 579
    SHARES

  • प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता, के के भयो कुराकानी ?

    काठमाडौं । भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेट गर्नुभएको छ । तर भेटका क्रममा भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे कुनै छलफल नभएको बताइएको छ।

    भारतीय सेनाले चार वर्षका लागि सैनिक भर्ना गर्ने गरी ‘अग्निपथ योजना’ अघि सारेको छ । नेपाली गोर्खा सैनिकको भर्ना पनि यही प्रक्रिया अनुरुप हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    नेपालले यस विषयमा लिखितरुपमा जानकारी माग्दै तत्काललाई अग्निपथ योजना अनुसार नेपाली युवाको भर्तीलाई रोकेको छ । यो पृष्ठभूमिमा प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुखको भेटमा अग्निपथ योजनाबारे कुराकानी हुनसक्ने भनिएको थियो ।

    तर यो विषयमा कुनै छलफल नभएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले बताउनुभयो । ‘यो सैन्य नेतृत्वभन्दा पनि राजनीतिक र कुटनीतिक तहमा छलफल गर्ने भन्ने भएकाले कुरा नउठेको हो,’ उहाँले भन्नुभयो, ‘सामान्य शिष्टाचार भेट मात्र भएकाले पनि अग्निपथबारे कुराकानी हुने कुरा थिएन ।’

    भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताउनुभयो । एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने परम्परालाई उल्लेख गर्दै देउवाले नेपाल र भारतको सेनाबीच फरक सम्बन्ध रहेको बताउनुभएको हो । 

    उहाँले जनरल पाण्डेलाई मानार्थ महारथीको सम्मान प्राप्त गरेकोमा बधाई समेत दिनुभएको छ । पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउनुभएको थियो ।


    मंगलवार, भाद्र २१ २०७९०५:०५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij