Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बच्चा चोर्न खोजेको आशंकामा तीन जना भारतीय महिला पक्राउ

बच्चा चोर्न खोजेको आशंकामा तीन जना भारतीय महिला पक्राउ

  • बुधवार, भाद्र २२ २०७९

  • 567
    SHARES

  • बच्चा चोर्न खोजेको आशंकामा तीन जना भारतीय महिला पक्राउ

    काठमाडौं । स्थानीयबासिन्दाले बच्चा चोर्न खोजेको भन्दै होहल्ला गरेपछि प्रहरीले तीन जना भारतीय महिलालाई पक्राउ गरेको छ ।

    वीरगञ्जको छपकैयाबाट बिहारको नरकटियागञ्ज घर भई रक्सौलको ईस्लामपुर बस्ने ५० वर्षीया शैली खातुन, ४५ वर्षीया छतोती खातुन र ५३ वर्षीया मैरुन नेसालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन गिरीले उनीहरुको सुरक्षाका लागि र थप अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभयो ।

    ‘बच्चा चोर्दै गरेको अवस्थामा पक्राउ परेका हैनन्, टोलमा नयाँ मानिस देखेपछि स्थानीयले बच्चा चोर्न आएको हुन सक्ने आशंकामा होहल्ला गरेका थिए,’ उहाँले भन्नुभयो, ‘उनीहरुको सुरक्षा र थप अनुसन्धानका लागि पक्राउ गरेका छौं ।’

    पत्थर, जन्तर र औंठी बेच्दै हिँडेका उनीहरुले बच्चा चोर्न खोजेको भन्ने जानकारी छपकैयाका बासिन्दाले दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरुलाई कारबाही गर्नुपर्ने माग राखेर स्थानीयले प्रहरी चौकी छपकैया घेराउ समेत गरेका थिए । पक्राउ परेका तीनै जना महिलालाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ ।


    बुधवार, भाद्र २२ २०७९०१:१०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij