काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सुरक्षा अधिकारीहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।
राष्ट्रपति कार्यालयबाट बिहीबार (भोलि) छलफलका लागि उपस्थित हुन निम्ता आएको नेपाल प्रहरीका एक जना पूर्व आईजीपीले बताएका छन् । उहाँले भन्नुभयो, ‘राष्ट्रपति ज्यूले पूर्व सुरक्षा अधिकारीहरुसँग छलफल गर्न चाहनु भएको भन्ने छ, के विषयमा भन्ने थाहा छैन ।’
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता गर्नुअघि पनि पूर्व सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गर्नुभएको थियो । त्यो नागरिकता विधेयकलाई संसदले फेरि हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको छ ।