Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्मचारी संयन्त्रप्रति प्रधानमन्त्रीको असन्तुष्टि

कर्मचारी संयन्त्रप्रति प्रधानमन्त्रीको असन्तुष्टि

  • बुधवार, भाद्र २२ २०७९

  • 513
    SHARES

  • कर्मचारी संयन्त्रप्रति प्रधानमन्त्रीको असन्तुष्टि

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी संयन्त्रप्रति असन्तुष्टि जनाउनुभएको छ । देशको दुर्गती हुनुमा राजनीतिक दलहरु मात्र हो कि कर्मचारी सयन्त्र पनि जिम्मेवार छ भनेर छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।

    निजामती सेवा दिवसको अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘जबसम्म ब्यूरोक्रेसीको सहयोग हुँदैन, तबसम्म देश अघि बढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्यूरोक्रेसी छ । तै पनि काम भएको छैन । स्थायी सरकारले काम गर्दैन त के गर्ने ? कसरी देश अघि बढ्नसक्छ ?’

    एउटा बाटो बनाउन समेत २५ वर्ष लाग्ने गरेको भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘डाक्टर छैन, इन्जिनियर छैन, सीडीओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ ।’

    कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला आएको भन्दै उहाँले सबैले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।


    बुधवार, भाद्र २२ २०७९०३:३७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij