Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

  • बुधवार, भाद्र २२ २०७९

  • 573
    SHARES

  • कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ ।

    सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समिति गठन गर्दै संयोजकमा महामन्त्री शर्मालाई मनोनीत गर्नुभएको हो ।

    अब संयोजक शर्माले समितिलाई पूर्णता दिएर घोषणापत्र तयारीको काम अघि बढाउनुहुनेछ । स्थानीय तह निर्वाचनमा अर्का महामन्त्री गगन थापा संयोजकत्वको समितिले घोषणापत्र बनाएको थियो ।


    बुधवार, भाद्र २२ २०७९०५:३८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij