Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

थप २२७ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु

थप २२७ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु

  • बिहिवार, भाद्र २३ २०७९

  • 571
    SHARES

  • थप २२७ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ४०१ जनामा परीक्षण गर्दा २ सय २७ जनामा संक्रमण देखिएको हो।

    १ हजार ५१८ पीसीआर परीक्षण गरिएकोमध्ये १३७ जनामा र २ हजार ८८३ एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा संक्रमण देखिएको हो।

    त्यस्तै, सोही अवधिमा १६८ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ७३ रहेको छ।
    यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ।


    बिहिवार, भाद्र २३ २०७९०५:१९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij