Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आन्दोलनका कार्यक्रम फिर्ता लिन आयल निगमको आग्रह

आन्दोलनका कार्यक्रम फिर्ता लिन आयल निगमको आग्रह

  • शुक्रवार, भाद्र २४ २०७९

  • 660
    SHARES

  • आन्दोलनका कार्यक्रम फिर्ता लिन आयल निगमको आग्रह

    काठमाडौं । नेपाल आयल निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई एउटा पत्र पठाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

    निगमका निर्देशक वीरेन्द्र गोईतद्वारा जारी गरिएको पत्रमा महासंघले भदौ २२ गते माग पेश गरेको विषयको पत्र प्राप्त भएको उल्लेख गर्दै महासंघले भदौ २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पिडिओ नलिने एवं भदौ २५ गतेदेखि सबै नाकाबाट भारततर्फ लोडिङ गर्न नजाने लगायतका कार्यक्रम सार्वजनिक गरेकोप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    ‘महासंघबाट प्रेषित मागहरुका सम्बन्धमा निगम व्यवस्थापन सकारात्मक भई समस्या समाधानार्थ आवश्यक पहल कदमी भैरहेको व्यहोरा अनुरोध छ, पत्रमा भनिएको छ– ‘निगम सञ्चालक समितिमा महासंघको मागका सन्दर्भमा पटक पटक छलफल भई आवश्यक निर्णय हुने क्रममा रहेको हुँदा अति आवश्यक पेट्रोलियम पदार्थहरुको आपूर्ति तथा विक्री वितरणमा अवरोध पुर्याउन महासंघबाट चरणवद्ध रुपमा सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरु आजैका मितिदेखि फिर्ता लिनु हुन अनुरोध छ ।’

    पत्रमा चाँडै नै नेपालीहरुको महान चाड दसैं, तिहार एवं छठ प्रारम्भ हुने क्रममा रहेकाले आम सर्वसाधारणको लागि अति आवश्यक पेट्रोलियम पदार्थहरुको आयात, ढुवानी तथा विक्री वितरण सहज बनाउने कार्यमा सदा झैं सहयोग गर्न अनुरोध गरिएको छ ।

    letter.jpg


    शुक्रवार, भाद्र २४ २०७९०४:५७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij