काठमाडौँ । आसन्न प्रतिनिधिसभा, प्रदेससभाको निवार्चनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ ।
माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवलाई सिफारिस गरेका छन् । प्रदेशसभा १ (क) बाट विजयकुमार गुप्ता, खडगनारायण चौधरी र नथुनी महतो सिफासिस गरेको छ । प्रदेशसभा १ (ख) बाट हेमन्तकुमार यादव, महादेव चौधरी र उमेश यादवलाई सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सुरेशचन्द्र दासलाई सिफारिस गरिएको छ । प्रदेशसभा २ (क) बाट जीवछ यादव र अरविन्द यादव, प्रदेशसभा २ (ख) बाट सुनिताकुमारी महतो, हरिनारायण चौधरी, विष्णु न्यौपाने र मुक्तिनारायण सिंहको नाम सिफारिस गरेको छ ।