Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्थानीय चुनावमा खर्च विवरण नबुझाउनेहरु अहिले उम्मेदवार बन्न पाउँदैनन्ः प्रमुख आयुक्त थपलिया

स्थानीय चुनावमा खर्च विवरण नबुझाउनेहरु अहिले उम्मेदवार बन्न पाउँदैनन्ः प्रमुख आयुक्त थपलिया

  • सोमवार, भाद्र २७ २०७९

  • 515
    SHARES

  • स्थानीय चुनावमा खर्च विवरण नबुझाउनेहरु अहिले उम्मेदवार बन्न पाउँदैनन्ः प्रमुख आयुक्त थपलिया

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताउनुभएको छ ।

    आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले स्थानीय चुनावका १ लाख १५ हजार उम्मेदवारले खर्च विवरण नबुझाएकाले कारबाही गर्नुपर्ने बताउनुभएको हो ।

    उनीहरुलाई ५ लाख रुपैयाँ जरिवाना र ६ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी कारबाही गर्न सकिने भन्दै थपलियाले भन्नुभयो, ‘कारबाहीमा परेपछि को को असोज २ र ३ गते हुने समानुपातिक बन्द सुचीमा रहन पाइन्न । २३ गतेको प्रत्यक्षमा उम्मेदवार मनोनयन हुदैन ।’

    स्थानीय चुनाव जितेकाहरुले पनि खर्च विवरण नबुझाएको भए कारबाही हुने थपलियाले बताउनुभएको छ । चुनावमा खर्च विवरण नबुझाउनेहरुलाई कारबाहीको विषयमा सोमबार निर्णय हुने उहाँले जानकारी दिनुभयो ।

     


    सोमवार, भाद्र २७ २०७९०१:४४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij