Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

१७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

१७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

  • बुधवार, भाद्र २९ २०७९

  • 382
    SHARES

  • १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

    काठमाडौं । १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल श्रीलङ्काको रेस कोर्स मैदानमा आज राती सवा ८ बजे सुरु हुनेछ ।

    प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई २–१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलङ्कालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।

    प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा नेपालसँग ३–१ गोलले हारेको थियो । त्यस्तै समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई हराएको थियो ।

    १७ वर्षमुनिको नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतसँगको फाइनल खेल कठिन हुने तर उत्कृष्ट खेल्ने बताएका छन् ।


    बुधवार, भाद्र २९ २०७९०९:२०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij