Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आन्दोलन नरोके कारबाही गर्ने ढुवानी व्यवसायीलाई निगमको चेतावनी

आन्दोलन नरोके कारबाही गर्ने ढुवानी व्यवसायीलाई निगमको चेतावनी

  • बुधवार, भाद्र २९ २०७९

  • 635
    SHARES

  • आन्दोलन नरोके कारबाही गर्ने ढुवानी व्यवसायीलाई निगमको चेतावनी

    काठमाडौं । नेपाल आयल निगमले आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न र नरोके कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

    व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा हवाई इन्धन अभाव भएको निगमले जनाएको छ ।

    चाडपर्वको मुखैमा नयाँ उडान थप गर्न र फ्लाइट संख्या बढाउन लागेका विमान कम्पनीलाई निगमले हवाई इन्धन आपूर्ति गर्न नसकिने जानकारी गराउनु परेको पनि निगमले जनाएको छ ।

    व्यवसायीको माग सम्बोधन गर्न निगमले प्रयप्त छलफल गरेको निगमका वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले विज्ञप्तिमार्फत स्पष्ट पार्नुभएको छ ।

    पेट्रोलियम पदार्थको मूल्य बढेअनुसार ढुवानी भाडा समायोजन नभएको भन्दै नेपाली कांग्रेस निकट पेट्रोलियम व्यवसायीहरु आन्दोलनमा छन् । १७ भदौदेखि उपत्यकाबाहिरका विमानस्थलको हवाई इन्धन ढुवानी ठप्प बनाएका उनीहरुले आइतबारदेखि पेट्रोलियम पदार्थको पीडीओ उठाएका छैनन् । उनीहरुले १ असोजदेखि देशैभरको ढुवानी ठप्प पार्नेसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।


    बुधवार, भाद्र २९ २०७९०१:३८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij