Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

महिला साफमा आज नेपालले भारतको सामाना गर्दै

महिला साफमा आज नेपालले भारतको सामाना गर्दै

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 413
    SHARES

  • महिला साफमा आज नेपालले भारतको सामाना गर्दै

    काठमाडौं । घरेलु टोली नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे नेपालले साविक विजेता भारतको सामना गर्न लागेको हो । नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ भने भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ ।

    नेपाल हरेक संस्करणमा भारतसँग पराजित हुँदै उपाधि जित्नबाट बञ्चित हुँदै आएको छ । विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

    यसैगरी बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजेबाट सुरु हुनेछ ।


    शुक्रवार, भाद्र ३१ २०७९०८:२९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij