Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सर्वोच्च अदालतको परमादेशले ओलीसँग संसदमा भेट भयो : प्रधानमन्त्री देउवा

सर्वोच्च अदालतको परमादेशले ओलीसँग संसदमा भेट भयो : प्रधानमन्त्री देउवा

  • शनिवार, आश्विन १ २०७९

  • 421
    SHARES

  • सर्वोच्च अदालतको परमादेशले ओलीसँग  संसदमा भेट भयो : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेशले गर्दा नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसदमा भेट भएको बताउनु भएको छ । संसद् बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयो ओलीसँग काम गर्ने अवसर मिलेको बताउनुभयो।

    ’हुन त हाम्रो प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनेर भन्नु हुन्छ । यो संसद् नै परमादेशबाट आएको हो । जसमा उहाँहरू र म काम गर्न पाइरहेका छौं । परमादेश नभएको भए उहाँ र हामी सँगै बसेर काम गर्न पाउने थिएनौं । विधेयक पारित गर्न सक्दैनथ्यौं । परमादेशले भेट गर्ने मौका दिएको छ,’ देउवाले भन्न्भयो।

    यस क्रममा देउवाले सरकारले राम्रो उपलब्धी हासिल गरेको पनि दाबी गर्नुभयो। ’सविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने अवसर प्राप्त भयो । यसमा महत्त्वपूर्ण कार्यमा गठबन्धनका सबै दललाई स्मरण गर्न चाहन्छु ।

    गणतन्त्र आएपछि संसद् पहिलो पटक विघटन भयो,’ उनले भने ’जनताले संघर्षबाट ल्याएको संविधानलाई रक्षा गर्नका लागि सहकार्य गरेर संविधान बमोजिम मात्रै चल्नुपर्छ ।’प्रधानमन्त्रीको भनाई छ ।


    शनिवार, आश्विन १ २०७९०४:३५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij