Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संविधानको सर्वस्वीकार्यताका लागि चालू प्रतिनिधिसभाले पनि सम्बोधन गरेन : यादव

संविधानको सर्वस्वीकार्यताका लागि चालू प्रतिनिधिसभाले पनि सम्बोधन गरेन : यादव

  • शनिवार, आश्विन १ २०७९

  • 412
    SHARES

  • संविधानको सर्वस्वीकार्यताका लागि चालू प्रतिनिधिसभाले पनि सम्बोधन गरेन : यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधानको सर्वस्वीकार्यताका लागि चालू प्रतिनिधिसभाले पनि सम्बोधन नगरेको बताउनु भएको छ। चालू प्रतिनिधिसभाको अन्तिम बैठकअन्तर्गत आज बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

    ‘यो संसदको निर्वाचन हुनुअगाडि तराई–मधेसमा कालो दिवस मनउँदै, जनताले गोली खाँदै, राज्यले दमन गर्दै, राज्यहिंसा फैलाउँदै गरेर यो संविधान घोषणा गरिएको थियो,’ उहाँले भन्नुभयो, ‘त्यसको स्वामित्व सबै जनता र सबै समुदायले लिएको छैन् ।’ यो संसदबाट त्यो अपेक्षा रहेपनि पुरा हुननसकेको बताउनुभयो।

    उतिबेला संविधान पनि जबरजस्ती फास्ट ट्र्याकमा ल्याइएको अध्यक्ष यादवले टिप्पणी गर्नुभयो । ‘संसार यसरी कतैपनि फास्ट ट्र्याकबाट संविधान ल्याइएको थिएन् । नेपालमा भयो,’ उहाँले भन्नुभयो।

    संविधानलाई पुनरावलोकन गर्ने, परिमार्जन गर्ने र त्रुटिहरूलाई सच्याउने र सबैले स्वामित्व ग्रहण गर्न वातावरण निर्माण गर्ने काम वर्तमान प्रतिनिधिसभाले गर्न नसकेको उहाँले बताउनुभयो।

     


    शनिवार, आश्विन १ २०७९०४:५१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij