Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डा.केसीको स्वास्थ्य जटिल बन्दै,अन्यत्र रिफर गर्न सुझाव

डा.केसीको स्वास्थ्य जटिल बन्दै,अन्यत्र रिफर गर्न सुझाव

  • सोमवार, आश्विन ३ २०७९

  • 753
    SHARES

  • डा.केसीको स्वास्थ्य जटिल बन्दै,अन्यत्र रिफर गर्न सुझाव

    काठमाडौं । स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग गर्दै धनगढीमा अनशन बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। केसीको पेटमा अल्सर भई आन्तरिक रक्तश्राव भएको आशंका गरिएको छ।

    अस्पतालका अनुसार उहाँमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेशी सुक्ने जस्ता समस्या देखिएका छन्। उहाँमा अल्सर हुने सम्भावना बढ्दै गएको अस्पतालले जनाएको छ।

    ८ दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको छ। मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएको हुनाले ज्यानलाई थप अन्य जोखिम हुन सक्ने जटिलताहरू आउन सक्ने हुनाले थप उपचारको लागि बहुबिशेषज्ञ भएको विशिष्टकृत अस्पतालमा स्थानान्तरणको लागि अस्पतालले सल्लाह दिएको छ।

    letter.jpg


    सोमवार, आश्विन ३ २०७९१२:४१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij