काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्षक कुमार थापाले जिम्मेवारी छाडेका छन् ।
साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भएपछि उनले आजैदेखि लागु हुने जिम्मेवारी छाडेको घोषणा गरेका हुन् ।
'आजैको दिनदेखि म यो टिम छोड्छु ।' कुमारले पत्रकार सम्मेलनमा भने, 'मैले जुन लक्ष्य राखेको थिए । त्यो पुरा गर्न सकिन । अहिले नै पद त्यागको घोषणा गर्छु । सफलता प्राप्त गर्न नसक्ने मान्छेले टासिएर बस्न हुँदैन । म अहिलेबाटै छाड्छु ।'
यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।