Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिट बाँडफाँट टुंग्याउन सत्तारुढ शीर्ष नेताहरू छलफलमा

सिट बाँडफाँट टुंग्याउन सत्तारुढ शीर्ष नेताहरू छलफलमा

  • मंगलवार, आश्विन ४ २०७९

  • 609
    SHARES

  • सिट बाँडफाँट टुंग्याउन सत्तारुढ शीर्ष नेताहरू छलफलमा

    काठमाडौं । समानुपातिकतर्फको बन्दसूची पेस गरेपछि सत्तारुढ गठबन्धन प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंगो लगाउन छलफलमा जुटेका छन् ।

    आज बिहान बालुवाटारमा भएको छलफलमा सामान्य कुराकानी भएको र बेलुकी ४ बजे पुनः छलफल गरिने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

    “समानुपातिकको बन्दसूची सबै दलले बुझाइसकेका छन् । अब प्रत्यक्षतर्फ संघ र प्रदेशको टुंग्याउनु छ,” खनालले भन्नुभयो, “अहिले सामान्य प्रिन्सपलबारे छलफल भयो । बेलुका ४ बजे बस्नेछ ।”

    त्यस्तै, राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे के गर्ने भन्नेबारे पनि सामान्य छलफल भएको उहाँको भनाइ छ । संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयकको आज १५ दिन पुगेको छ ।

    “राष्ट्रपतिले आज राति १२ बजेसम्म गर्नुपर्ने समय छ । त्यो समयपछि के हुन्छ ? त्यसपछि के गर्ने भन्ने छलफल गर्ने भन्ने भएको छ,” उहाँले भन्नुभएको छ ।


    मंगलवार, आश्विन ४ २०७९०१:३३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij