Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको समर्थन गर्दै एमाले निकट अखिलको प्रदर्शन

राष्ट्रपतिको समर्थन गर्दै एमाले निकट अखिलको प्रदर्शन

  • बुधवार, आश्विन ५ २०७९

  • 823
    SHARES

  • राष्ट्रपतिको समर्थन गर्दै एमाले निकट अखिलको प्रदर्शन
    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रदर्शन गरेको छ । 
     
    काठमाडौंको त्रिचन्द्र क्याम्पसमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर ठिक गरेको भन्दै राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेका हुन् । 
     
    त्यसक्रममा उनीहरूले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।  उनीहरूले ‘राष्ट्रपतिको कदमलाई सम्मान गरौँ, नागरिकता बेच्न पाइँदैन, विदेशी दलाल होसियार’, जस्ता नारा लगाएका थिए । 
     
    संसद्ले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उहाँले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ । तर एमाले निकट अनेरास्ववियुले भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकोमा समर्थन गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनपछि अनेरास्वियुले नागरिकता विधेयक जलाएको छ ।
     
    राष्ट्रपति भण्डारीले संविधानको प्रावधान विपरीत नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि त्यसको पक्ष र विपक्षमा बहस भइरहेको छ ।
     
     


    बुधवार, आश्विन ५ २०७९१२:४६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij