काठमाडौं । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसीलाई कोरोना भाइरस संक्रमण भएको छ ।
दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्याएर पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको केसीका छोरा योगेन्द्रले जानकारी दिएका छन् ।
सोमबार टेकु अस्पतालबाट फोन आएपछि पोजेटिभ रिपोर्ट आएको थाहा पाएको योगेन्द्रले बताए । अहिले केसी घरमै आइसोलेसनमा बसिरहेका छन् ।
७२ वर्षे केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कांस्य पद जितेका थिए । उनी ओलम्पियन पनि हुन् ।