Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नागरिकताबारे गलत प्रचार गरियो, एमालेको लाइन क्लियर छ : पोखरेल

नागरिकताबारे गलत प्रचार गरियो, एमालेको लाइन क्लियर छ : पोखरेल

  • बिहिवार, आश्विन ६ २०७९

  • 526
    SHARES

  • नागरिकताबारे गलत प्रचार गरियो, एमालेको लाइन क्लियर छ : पोखरेल

    काठमाडौं । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकता अध्यादेश रोक्नेहरूले अहिले एमालेले नागरिकतामा अवरोध गरेको प्रचार गरिरहेको एमाले महासचिव शंकर पोखरेलले बताउनुभएको छ ।

    बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पोखरेलले नागरिकता विधेयक राष्ट्रपतिले संविधानअनुसार प्रमाणीकरण नगरेको विषयमा आफ्ना धारणा राख्दै जन्मसिद्ध नागरिकताका सन्तानले वंशजको नागरिकता प्राप्त गर्नुपर्छ भन्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभयो ।

    ुनागरिकताको विषय हाम्रो पार्टीलाई रोक्ने हतियारका रूपमा प्रयोग गर्न खोजिएको छ । नागरिकताका सन्दर्भमा हाम्रो पार्टी सदैव स्पष्ट छ, नेपाली नगारिकहरूले नागरिकताको अधिकार प्राप्त गर्नुपर्छ, उहाँ भन्नुभयो, जन्मसिद्ध नागरिकका सन्तानहरूलाई वंशजको आधारमा नागरिकता प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न कमरेड केपी ‌ओली प्रधानमन्त्री भएका बखत हामीले अध्यादेशका माध्यमबाट ती नागरिकहरू जसले नागरिकताको अधिकारबाट वञ्चित भएका थिए ।

    पोखरेलले अध्यादेश रोक्न खोज्नेहरू नै नागरिकतामा एमालेले अवरोध सिर्जना गरिएको भन्ने धारणा पनि राखेका छन् । २०७८ जेठ ९ मा ओली नेतृत्वको सरकारले नागरिकता अध्यादेश जारी गरेको थियो । जसलाई सर्वोच्चको संवैधानिक इजलासले संसद्बाट नै नागरिकता कानुन बन्नुपर्ने भन्दै जेठ २७ गते अध्यादेश खारेज गरिदिएको थियो । अध्यादेश रोक्न खोज्नेहरू अहिले एमालेले नागरिकताका बारेमा अवरोध सिर्जना गरेको प्रचार गरिरहेका छन्, त्यो अध्यादेश नरोकेको भए जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाइसक्ने थियो भन्ने पोखरेलको भनाइ थियो ।

    सत्तारुढ गठबन्धनले नागरिकता विधेयकका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देशलाई गम्भीरतापूर्वक नलिँदा अहिलेको अवस्था आएको पनि महासचिव पोखरेलको भनाइ थियो ।

    एमालेले वैवाहिक अंगीकृत नागरिकता उठाएको पनि पोखरेलको भनाइ छ । उनले वैवाहिक अंगीकृतका सन्दर्भमा भारतमा जे व्यवस्था छ त्यस्तै व्यवस्था नेपालमा हुनुपर्ने बताउनुभयो।


    बिहिवार, आश्विन ६ २०७९०२:५२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij