काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार(आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४७ रुपैयाँ ०२ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ३३ पैसा र बिक्री दर ३५ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
